बार्सिलोनाले आफ्नो नयाँ खेलाडी ग्रीजम्यानलाई आइतबार सार्वजनिक गरेको छ।
बार्साले शुक्रबार मात्र ग्रीजम्यानलाई एथ्लेटिको मड्रिडबाट १२० मिलियन युरोमा अनुबन्ध गरेको हो।
ग्रीजम्यान र बार्साबीच पाँच वर्षको सम्झौता भएको छ। मार्काका अनुसार ग्रीजम्यानलाई बार्साले सार्वजनिक गर्ने कार्यक्रममा ग्रीजम्यान आफ्नो परिवारसहित उपस्थित थिए।
सो क्रममा ग्रीजम्यानले भने,‘म टिमसँग काम गर्न एकदमै आतुर छु। मेरो चाहना कोपा डेल रे, ला लिगा र च्याम्पियन्स लिग जित्ने हो।’
‘मेस्सीसँग खेल्न अवसर पाउँदा एकदमै खुशी छु’ उनले भने,‘यहाँ मलाई नयाँ चुनौती छ। म आफूले सक्दो क्लबको लागि प्रयास गर्नेछु।’
(भिडियाे)

प्रतिक्रिया