कारोबार


रक्तदान कार्यक्रम गरी विज्ञापन संघले वार्षिकोत्सव मनायो

रक्तदान कार्यक्रम गरी विज्ञापन संघले वार्षिकोत्सव मनायो

नेपालखबर
जेठ ३०, २०७७ शुक्रबार १०:११,

नेपाल विज्ञापन संघ (आन)ले रक्तदान कार्यक्रम गरी आफ्नो ३०औँ वार्षिकोत्सव मनाएको छ। आनले शान्तिनगरमा रहेको कार्यालयमा रक्तदान कार्यक्रम गरेको हो।

कार्यक्रमलाई नेपाल मेडिसिटी अस्पतालले सहकार्य गरेको आनले जनाएको छ। काठमाडौं ३१ नम्बर वडाका प्रमुख नारायण प्रसाद बिँडारीले कार्यक्रमको उद्घाटन गरेका थिए। उनले सामाजिक कार्यका लागि संघलाई बधाई दिएका थिए।

उक्त कार्यक्रममा ३० पिन्टभन्दा धेरै रगत संकलन भएको आनले जनाएको छ। कार्यक्रममा योगिक समाज नेपालका अध्यक्ष पुरुषोत्तम अधिकारी, आलोकनगर समाज अध्यक्ष रविन्द्र कुमार रिजाल, तथा आन अध्यक्षलगायतको सहभागिता थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad