समाज


दीपायल–सिलगढीका मेयरको श्वास–प्रश्वासमा समस्या, हेलिकोप्टरमार्फत काठमाडौंँ लगियो

दीपायल–सिलगढीका मेयरको श्वास–प्रश्वासमा समस्या, हेलिकोप्टरमार्फत काठमाडौंँ लगियो

गोकुल जोशी
जेठ ३०, २०७७ शुक्रबार १०:१६,

डोटीको दीपायल–सिलगढी नगरपालिकाका नगर प्रमुख मञ्जु मलासीको श्वास–प्रश्वासमा एकाएक समस्या आएको छ।

श्वास–प्रश्वास प्रस्वासमा समस्या आएपछि उनलाई शुक्रबार नेपाली सेनाको (स्काइ ट्रक) जहाँजबाट थप उपचारका लागि काठमाडौँ लगिएको नगर उपप्रमुख शिवराज खड्काले जानकारी दिए। भारतबाट रोजगारी गरी आएका नागरिकलाई क्वारेन्टिन र स्वास्थ्य परीक्षण व्यवस्थापनमा खटिँदै आएकी नगर प्रमुख मलासीको स्वास्थ्यमा समस्या आएको उनका स्वकीय सचिव रविन्द्र जोशीले बताए।

‘अहिले हामी काठमाडौँ पुगिसकेका छौँ, मेयर सावको अवस्था सामान्य छ’ उनले भने। उनका अनुसार २÷३ दिन अगाडि पनि मेयर मलासीको स्वास्थ्यमा समस्या आएको थियो। धनगढीमा उपचारको क्रममा चिकित्सकले उनलाई आराम गर्न सुझाब दिएका थिए।

मेयर मलासीलाई गएराति फेरि श्वास–प्रश्वासमा समस्या आएपछि सैनिक विमानबाट काठमाडौं लगिएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad