नेपाल वायुसेवा निगमको जहाजले जापानको नारितामा दुई चार्टर्ड उडान गर्ने भएको छ।
निमगका ए३३० सिरिजका वाइडबडीले नारिता उडान गर्ने भएको हो।
निगमका अनुसार जुन ४ र ७ तारिखमा उक्त उडान हुनेछ।
‘वाइडबडी विमान ४ र ७ तारिखमा जापानको नारिता चार्टर्ड उडानको लागि गर्न बुकिङ भएका छन्’, निगमकी प्रवक्ता अर्चना खड्काले भनिन्।
निगमले व्यावसायिक उडान गरिरहेको नारितामा लकडाउनसँगै रोकिएको छ।
परराष्ट्र मन्त्रालयमार्फत विशेष अनुमति लिएर चार्टर्ड उडान हुनलागेको हो।
त्यस्तै जुन ८ मा अष्ट्रेलियाको क्यानबेरामा वाइडबडीले चार्टर्ड उडान गर्दै छ।
यसअघि सिड्नी र ब्रिसबेनमा निगमको जहाजले चार्टर्ड उडान गरिसकेको छ।

प्रतिक्रिया