कारोबार


व्यवसायीसँग परामर्श नगरी पर्यटन विधेयक अघि नबढाउन चेतावनी

व्यवसायीसँग परामर्श नगरी पर्यटन विधेयक अघि नबढाउन चेतावनी

नेपालखबर
जेठ २०, २०७७ मंगलबार १०:१३,

पर्यटन क्षेत्रसँग सम्बन्धित संस्थाले व्यवसायीसँग छलफल नगरी नयाँ पर्यटन ऐन अघि नबढाउन चेतावनी दिएका छन।

मंगलबार बसेको संयुक्त बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नयाँ पर्यटन ऐन सिघ्र ल्याउन लागेको अनौपचारिक जानकारी आएको भन्दै रोक्न माग गरेका हुन्।

व्यवसायीहरुले परामर्श नगरी एकलौटी ढंगबाट ऐन ल्याए आफूहरुलाई मान्य नहुने बताएका छन्।

‘सरकारले पर्यटन क्षेत्रमा आवद्ध विभिन्न छाता संघसंस्थाहरुसँग छलफल तथा परामर्श नगरी एकलौटी ढंगबाट पर्यटन ऐन ल्याएमा सो ऐन हामीलाई मान्य नहुने’ भन्दै व्यवसायीले पर्यटन मन्त्रालयको ध्यानकर्षण गराएका छन्।

पर्यटन व्यवसायीहरुको छाता संगठन हान, नाट्टो, टान, नाटो, सोट्टो, एनएमए, टीबान, रेबान, होसान, इओए, नारा, एनटीभाले संयुक्त वक्तब्य जारी गरी सरकारको ध्यानाकर्षण गराएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad