ad ad

कारोबार


लकडाउनको विकल्प खोज्न विज्ञापन संघको आग्रह

लकडाउनको विकल्प खोज्न विज्ञापन संघको आग्रह

नेपालखबर
जेठ १९, २०७७ सोमबार १४:१२,

नेपाल विज्ञापन संघले लकडाउनको विकल्प खोज्न सरकारसँग आग्रह गरेको छ।

गत चैत्र ११ गते देखि देशव्यापीरुपमा लगाएको लकडाउनलाई पुनः २०७७ जेष्ठ ३२ गते सम्मका लागि कायम राख्ने निर्णय गरेसँगै लामो समयसम्मको लकडाउनले गर्दा आम जनजीवनमा असर परेको भन्दै यसमा पुनर्विचार गर्न संघले आग्रह गरेको हो।

‘उद्योेग, व्यवसाय, कलकारखाना, सेवा, उद्योग, आमसञ्चार क्षेत्रलाई निरन्तर वन्द गरि रहदा आम जनसमुदाय,उपभोक्ता, कामदार, मजदुर, व्यवसायी, पेशाकर्मी, सञ्चालक, उद्योगिलाई आर्थिक रुपमा क्षतिका अलावा अरबौंको लगानी समेत डुुव्ने यर्थाथतालाई समेत सोचेर राज्यले एक अभिभावकको भूूमिका निर्वाह गर्दे रोगको माहामारी नियन्त्रण एवं व्यवसायको सञ्चालन दुवै पक्षलाई सँगसँगै अगाडि बढाउन सरोकारवालापक्ष तथा विशेषज्ञ समेतको परार्मश गरि मध्यम मार्ग प्रसस्त गर्न अपरिहार्य देखिन्छ’ संघले सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ।

संघले नेपाल सरकारले जारी गरेको कोरोना भाइसरबाट बच्ने उपायहरुको पूर्णपालना गर्दै स्वास्थ्य सम्बन्धी जानकारीलाई सिरोपर गर्ने शर्तमा व्यवसाय तथा उद्योगहरु यथाशक्य सञ्चालनमा ल्याउन अनुरोध गरेको छ। अन्यथा देश गहिरो आर्थिक संकटमा परी आमनागरिक भोकमरीको शिकार हुनसक्नेतर्फ सचेत रहन समेत संघले सरकारको ध्यानाकर्षण गराएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .