जाडोन सान्चोको ह्याट्रिक मद्दतमा बोरुसिया डर्टमन्डले जर्मन बुन्डेसलिगा फुटबलमा जित हात पारेको छ।
आइतबार राति भएको खेलमा पार्डाबोनलाई ६–१ को फराकिलो गोल अन्तरले पराजित गर्दै डर्टमन्डले शीर्ष स्थानको बार्यन म्युनिखमाथि दबाब बनाएको हो।
डर्टमण्डले २९ खेलबाट ६० अंक जोडेको छ। शीर्ष स्थानको बायर्नको ६७ अंक छ। पुछारमा रहेको पार्डाबोनको १९ अंक छ।
डर्टमण्डको जितमा जाडोन सान्चोले ह्याट्रिक गरेको खेलमा थोर्गन हाजार्ड, अच्राफ हाकिमी र मार्सेल स्मेल्जर एक एक गोल गरे। पार्डाबोनका लागि उवे हुएनेमिरले एक गोल फर्काए। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा डर्टमण्डले सबै गोल दोस्रो हाफमा गरेको हो।
खेलमा ह्याट्रिक गरेका सान्चो र हाकिमीले आफ्नो गोल अमेरिकामा जातिय हिंसामा परि मृत्यु भएका जर्ज फ्लोएडप्रति समर्पित गरेका थिए। फ्लोएडको मृत्युपछि अमेरिकी सडकमा ठूलो विरोध प्रदर्शन भइरहेको छ।
अमेरिकाको मिनियापोसलसमा कालो जातकै कारण हत्या गरिएका फ्लोएडको समर्थनमा पछिल्लो समय खेलाडीहरुले विरोध गरिरहेका छन्।
गएराति नै भएको खेलमा युनियन बर्लिनलाई ४–१ गोल अन्तरले पाखा लगाउँदै बोरुसिया मोन्चेनग्लाडबाख बुन्डेस लिगाको तेस्रो स्थानमा उक्लिएको छ।
बोरुसिया मोन्चेनग्लाडबाखको जितमा मार्कस थुरामले २ गोल गरे। फ्लोरिन न्यू हाउस र अलासेन प्लियाले एक एक गोल थपे। बर्लिनका सेबास्टियन एण्डरसनले एक गोल फर्काए।
जितसँगै मोन्चेनग्लाडबाखले २९ खेलमा ५६ अंक जोडेको छ। बर्लिन ३१ अंक सहित लिगको १४औं स्थानमा छ।

प्रतिक्रिया