कारोबार


नेपालमा सीएफमोटो २५० डुअल ईएफआई,  मूल्य कति?

नेपालमा सीएफमोटो २५० डुअल ईएफआई,  मूल्य कति?

नेपालखबर
असार ११, २०८३ बिहिबार १९:३६, काठमाडौँ

सीएफमोटो नेपालले इन्ट्री-लेभल एड्भेन्चर मोटरसाइकल सेग्मेन्टमा सीएफमोटो २५० डुअल ईएफआई नेपाल भित्र्याएको छ।

यो मोटरसाइकल दैनिक सहरी यात्रादेखि अफरोड साहसिक यात्रासम्मका लागि उपयुक्तरूपमा डिजाइन गरिएको कम्पनीको दाबी छ। 

कम्पनीका अनुसार २२.५ एनएम टर्क उत्पादन गर्ने शक्तिशाली फ्युल–इन्जेक्टेड इन्जिनले सुसज्जित २५० डुअल ईएफआईले कम तथा मध्यम आरपीएममा उत्कृष्ट प्रदर्शन प्रदान गर्दै विभिन्न सडक तथा भौगोलिक अवस्थाहरूमा आत्मविश्वासपूर्ण राइडिङ अनुभव सुनिश्चित गर्दछ। 

'केवल १५४ केजी तौल भएको यस मोटरसाइकलले सहज ह्यान्डलिङ, उत्कृष्ट नियन्त्रण तथा उत्कृष्ट पावर–टु–वेट अनुपात प्रदान गर्दछ, जसले दैनिक यात्रादेखि लामो दूरीका साहसिक यात्रासम्मलाई अझ रमाइलो बनाउँछ,' कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, 'यस मोटरसाइकलको अर्को विशेषता भनेको यसको २४५ मिमी ग्राउन्ड क्लियरेन्स हो, जुन यस सेग्मेन्टकै उत्कृष्टमध्ये एक हो। यसले उबडखाबड बाटो, कच्ची सडक तथा अफ–रोड ट्र्याकहरूमा समेत सहज र आत्मविश्वासपूर्ण यात्रा सम्भव बनाउँछ।'

यसको मूल्य ५ लाख ६४ हजार ९ सय तोकिएको छ। 

सीएफमोटो नेपालले नेपालगञ्ज, बुटवल, हेटौँडा तथा इटहरी लगायतका स्थानहरूमा जेनुइन स्पेयर पार्ट्स तथा व्यावसायिक सेवासुविधा प्राप्त गर्न सक्ने जनाएको छ। 

साथै चितवन र पोखरामा पूर्ण सुविधा सम्पन्न ३एस (सेल्स, सर्भिस एण्ड स्पेयर्स) आउटलेटहरू यही महिनाभित्र सञ्चालनमा आउने तयारीमा रहेको कम्पनीको भनाइ छ। 

काठमाडौँ उपत्यकाभित्र टेकु, नक्साल नारायणचौर, झम्सीखेल तथा सल्लाघारीस्थित शोरुमहरूबाट ग्राहकहरूले बिक्री, सेवा तथा आफ्टर-सेल्स सपोर्ट सहजरूपमा प्राप्त गर्न सक्ने  सीएफमोटो नेपालले जनाएको छ। 

कम्पनीले असारभित्र सीएफमोटो २५० डुअल ईएफआई खरिद गर्ने ग्राहकहरूका लागि विशेष २ वर्षसम्मको सवारी कर निःशुल्क योजना ल्याएको छ। साथै प्रत्येक खरिदमा फुलफेस हेल्मेट निःशुल्क प्रदान गरिने जनाइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad