कोसी प्रदेशले सूचना प्रविधिको अध्ययन, विकास र विस्तार गर्न धनकुटाको चौबिसे क्षेत्रमा सूचना प्रविधि पार्क सञ्चालन गर्न दुई करोड रुपैयाँ बजेट छुट्याएको छ।
कोसी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिङ्थेपले सोमबार प्रदेश सभा बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत आइटी पार्क स्थापना गर्न बजेट विनियोजन गरेका हुन्।
यस्तै, आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र सूचना प्रविधिसम्बन्धी ज्ञान, सीप र क्षमता विकास गर्न प्रदेशका पाँच हजार युवालाई तालिम सञ्चालन गर्न बजेट छुट्याएका छन्।

प्रतिक्रिया