कोसी प्रदेशले सुरक्षण मुद्रण केन्द्रसँगको समन्वयमा प्रदेशबाटै लाइसेन्स छपाई थाल्ने भएको छ।
कोसी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिङ्थेपले सोमबार प्रदेश सभा बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत प्रदेशबाटै लाइसेन्स छाप्न आवश्यक बजेट विनियोजन गरेको बताएका हुन्।
यस्तै, विगत वर्षदेखि वितरण गर्न बाँकी रहेका लाइसेन्स आगामी आर्थिक वर्षभित्र सक्ने लक्ष्य लिइएको छ।
यस्तै, गत भदौ २३ र २४ गतेको घटनामा जलेर नष्ट भएका सरकारी अभिलेख सुदृढीकरण तथा डिजिटलाइजेसन गर्न बजेट छुट्याएको छ। बजेटमार्फत जेनजी आन्दोलनका क्रममा नष्ट भएको अभिलेखलाई सुधार्दै डिजिटलाइजेसन गर्न एक करोड रुपैयाँ विनियोजन गरिएको हो।
6
Shares

प्रतिक्रिया