कारोबार


कास्मेको अन्तर्राष्ट्रिय सल्लाहकारमा व्यवसायी मित्तल मनोनित

कास्मेको अन्तर्राष्ट्रिय सल्लाहकारमा व्यवसायी मित्तल मनोनित

नेपालखबर
असार २६, २०७६ बिहिबार १४:०,

चीनको साना तथा मध्यम आकारका व्यावसायिक प्रतिष्ठानहरुको संस्थाले एकजना नेपालीलाई अन्तर्राष्ट्रिय सल्लाहकारको रुपमा मनोनीत गरेको छ।

चाइना एसोसिएसन फर स्मल एन्ड मिडियम कमर्सियल इन्टरप्राइजेज (कास्मे) ले नेपाल–चाइना चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजका कोषाध्यक्ष मदन मित्तल (अग्रवाल)लाई विज्ञ सल्लाहकार परिषद्को अन्तर्राष्ट्रिय सल्लाहकार सदस्य मनोनीत गरेको हो।

गत जुन २१ देखि २३ सम्म चीनको बेइजिङमा आयोजित दोस्रो विश्व एसएमई सम्मेलनका क्रममा संस्थाले मित्तललाई अन्तर्राष्ट्रिय सल्लाहकार मनोनीत गरेको हो। विश्वभरका साना र मध्यम आकारका व्यवसायीबीचको सञ्चार र विकासलाई सहजीकरण गर्ने उद्देश्यले आयोजना गरेको सम्मेलनमा मित्तलले समेत सम्बोधन गरेका थिए।

उक्त सम्बोधनबाट प्रभावित भएर संस्थाले मित्तललाई अन्तर्राष्ट्रिय सल्लाहकार मनोनीत गरेको हो। सम्बोधनमा मित्तलले अल्पविकसित मुलुकको दिगो आर्थिक प्रगतिमा साना तथा मध्यम आकारका व्यवसायको भूमिका र तिनको सशक्तीकरणको आवश्यकताबारे प्रकाश पारेका थिए। सम्मेलनमा विभिन्न ३७ देशका आठ सय हाराहारी प्रतिनिधि थिए।

मित्तल नेपाल समुद्रपार निकासी पैठारी संघमा पनि कार्यसमिति सदस्य छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad