कारोबार


हुवावेद्वारा मलेसियामा आसियान एकेडेमी स्थापना

हुवावेद्वारा मलेसियामा आसियान एकेडेमी स्थापना

नेपालखबर
जेठ ९, २०७७ शुक्रबार १२:९,

प्रविधि कम्पनी हुवावेले मलेसियामा आसियान क्षेत्रको डिजिटल प्रतिभा प्रवर्द्धन गर्न आसियान एकेडेमी स्थापना गरेको छ।

कम्पनीका अनुसार आगामी ५ वर्षमा एकेडेमीबाट ५० हजार प्रतिभा निकाल्ने लक्ष्य राखिएको छ। एकेडेमीबाट दीक्षितहरुलाई विभिन्न व्यवसाय र प्रविधि क्षेत्रमा अवसर मिल्नेछ।

एकेडेमीले ३ हजारभन्दा बढी आईसीटी कोर्सहरु उपलब्ध गराएको छ। त्यस्तै डिजिटल ट्यालेन्टलाई निखार्न सय जना शिक्षक राखिएका छन्।

‘मलेसियामा भएको हुवावे आसियान एकेडेमी यस्तो प्रकारको एसिया प्यासिफिक क्षेत्रमा नै पहिलो हो, जसले डिजिटल अर्थतन्त्र वृद्धि गने बाटोमा आईसीडी विकासमा महत्वपूर्ण भूमिका निभाउनेछ’, मलेसिया कम्युनिकेसन्स एण्ड मल्टिमिडियामन्त्री वाईबीदातो सैफुद्धिन अब्दुल्लाहले भने।

एकेडेमिको आईसीटी तालिम कार्यक्रम र कोर्सहरु सरकारी निकाय, उद्योगी व्यवसायी र विश्वविद्यालयका विद्यार्थीहरुलाई लक्षित गरिएको छ।

हुवावे मलेसियाका सीईओ मिसेल युआनले यसले विविध किसिमका शैक्षिक तरिकाहरु स्थापना गर्ने बताए। जसमा दृश्यात्मक आधार र अनलाइनलाइभ ट्रेनिङका साथै वैदेशिक अध्ययन भ्रमण रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad