नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले आगामी भदौ ९ देखि १४ गते सम्म नाडा अटो शो २०२६ आयोजना गर्ने भएको छ।
सवारी साधन, पार्ट पुर्जा, वित्तीय सेवा एवं अन्य सम्बन्धित सरोकारवाला संघ–संस्थाहरूको प्रदर्शनीको १८औँ संस्करणको नाडा अटो शोका लागि जेठ १८ देखि २६ गतेसम्म स्टल बुकिङ खुल्ला गरिएको छ।
नाडा अटो शोले नेपालका अटोमोबाइल उत्पादक, आयातकर्ता, वितरक, सेवा प्रदायक तथा सम्बन्धित उद्योगहरूलाई आफ्ना नवीनतम उत्पादन, प्रविधि तथा सेवाहरू प्रदर्शन गर्ने उत्कृष्ट अवसर प्रदान गर्दै आएको छ।
यस प्रदर्शनीमा हजारौं आगन्तुक, उद्योग व्यवसायी, लगानीकर्ता तथा सञ्चारकर्मीहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।
स्टल बुकिङ सम्बन्धी विस्तृत जानकारी, आवेदन प्रक्रिया, शुल्क तथा अन्य आवश्यक विवरणहरू व्यवस्थापक कम्पनी ग्लोबल एक्सपोजिसनबाट प्राप्त गर्न सकिनेछ।
सहभागी संस्थाहरूलाई समयमै बुकिङ सुनिश्चित गरी यस प्रदर्शनीको हिस्सा बन्न नाडाले अनुरोध गरेको छ।
Shares

प्रतिक्रिया