ad ad

कारोबार


चीनले यो वर्ष आर्थिक वृद्धिदर लक्ष्य नतोक्ने

चीनले यो वर्ष आर्थिक वृद्धिदर लक्ष्य नतोक्ने

नेपालखबर
जेठ ९, २०७७ शुक्रबार ७:५३,

चीनले ३० वर्षयता पहिलोपटक आर्थिक वृद्धिदर लक्ष्य नतोक्ने भएको छ। कोरोनाभाइरस महामारीका कारण चीनले यस्तो निर्णय गरेको बीबीसीले जनाएको छ।

चीनले सन् १९९० यता कुल गार्हस्थ्य उत्पादनको लक्ष्य तोक्नथालेको थियो।

चिनियाँ प्रधानमन्त्री लि किक्वियांगले देशको वार्षिक संसद बैठकमा यस्तो घोषणा गरेका हुन्।

चीन विश्वको दोस्रो ठूलो अर्थतन्त्र हो। यो वर्षको पहिलो त्रैमासिकमा चीनको अर्थतन्त्र वर्षगत तुलनामा ६.८ प्रतिशतले संकुचित भएको थियो।

महामारीपछि लगाइएको लकडाउनले व्यवसाय चौपट पारिरहँदा चीनले यस्तो निर्णय गरेको हो।

‘यो किनभने कोरोनाभाइरस महामारी र विश्व अर्थतन्त्र र व्यापारको वातावरणले ठूलै अनिश्चितता हुने हुँदा हाम्रो देशले केही त्यस्ता कुराहरुको सामना गर्नेछ, जसले विकासबारे भविष्यवाणी गर्न कठिन छ’, प्रधानमन्त्री लीले भने।

चिनियाँ नेतृत्वले आर्थिक सहायताका कदमहरु चाल्ने प्रतिबद्धता जनाउँदै आएको छ। महामारीका कारण बेरोजगारी दर बढिरहेको छ।

पछिल्लो समय अमेरिकासँग पनि महामारी, व्यापार र हंगकंगबारे सम्बन्ध बिग्रिँदै गएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि विभिन्न आरोप लगाउँदै आएका छन्।

त्यस्तै बिहीबारमात्रै चीनले हंगकंगमा नयाँ राष्ट्रिय सुरक्षा ऐन लगाउने घोषणा गरेको छ। गत वर्ष हंगकंगमा तीव्र प्रदर्शन भएपछि चीनले यस्तो निर्णय गरेको हो।

तर चिनियाँ निर्णयको अमेरिकी राष्ट्रपति ट्रम्पले कडा शब्दमा विरोध गरिसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .