यसपालि बजेटको ब्रिफकेस बोक्ने चलन तोडिएको छ। यसअघिका अर्थमन्त्रीहरुले ब्रिफकेसमा बजेट बोक्ने गरे पनि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले त्यो परम्परा तोडेका हुन्।
उनले अर्थ मन्त्रालयबाट मन्त्रिपरिषद्मा बजेट लैजाने क्रममा नेपाली कागजले बेरिएको बजेट देखाएका छन्।
पछिल्लो समय नेपालमै बनेको ब्रिफकेस (झोला)मा बजेट बोक्ने गरिएको थियो।
पूर्वअर्थमन्त्री वर्षमान पुनको पालामा ढाकाबाट बनेको ब्रिफकेस प्रयोग गरिएको थियो भने विष्णु पौडेलको पालामा अल्लोको ब्रिफकेस प्रयोग भएको थियो।
582
Shares

प्रतिक्रिया