नेपालमा दर्ता भएका विदेशी ब्रान्डका औषधिभन्दा स्वदेशी ब्रान्ड बढी रहेका छन्।
नेपालमा हालसम्म २२ हजार ३०५ ब्रान्डका औषधि दर्ता छन्। त्यसमध्ये १३ हजार ५९४ स्वदेशी ब्रान्डका छन् भने आठ हजार ७११ विदेशी ब्रान्डका छन्।
गत आर्थिक वर्ष २०८१/८२ को फागुनसम्म २० हजार ९५४ ब्रान्डका औषधि नेपालमा दर्ता थिए। त्यसमध्ये स्वदेशी २१ हजार ४११ थिए भने आठ हजार ४४७ विदेशी ब्रान्ड थिए।
चालू आर्थिक वर्ष २०८२/८३ को फागुनसम्म ५२९ स्वदेशी र १३८ विदेशी ब्रान्डका औषधि दर्ता भएका थिए।
27
Shares

प्रतिक्रिया