दुग्ध विकास संस्थान (डीडीसी)ले किसानलाई १२ करोड रुपैयाँ भुक्तानी गरेको छ।
भुक्तानी नपाएका दूध किसानलाई १२ करोड रुपैयाँ भुक्तानी गरिएको संस्थानले जनाएको छ।
पछिल्लो चार महिनाको करिब ५८ करोडमध्ये बक्यौता दायित्व रु १२ करोड भुक्तानी भएको हो।
दुग्ध विकास संस्थानको सुधारको कार्य योजना ल्याएपछि हाल किसानलाई दैनिक रु एक करोड भुक्तानी भइरहेको कृषि, वन तथा पर्यावरण मन्त्रालयले जनाएको छ।
42
Shares

प्रतिक्रिया