चालू आर्थिक वर्ष २०८२/८३ को आठ महिनामा १०२ वटा पुल निर्माण भएको छ।
आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार चालु आवमा १०२ वटा पुल निर्माण भएको हो। गत आर्थिक वर्ष २०८१/८२ मा ११८ वटा पुल निर्माण भएको थियो।
चालू आवको फागुनसम्म ७६ किलोमिटर कच्ची सडक (नयाँ सडक) निर्माण भएको छ। गत आवमा ३०१ किलोमिटर कच्ची सडक निर्माण भएको थियो।
यस अवधिमा ९१ किलोमिटर ग्रावेल स्तरमा र ४१३ किलोमिटर कालोपत्रे स्टरमा सडक स्तरोन्नति भएको छ। गत आवमा २८७ किालेमिटर ग्रावेल स्तरमा र १ हजार २३५ किलोमिटर कालोपत्रे स्टरमा सडक स्तरोन्नति भएको थियो।
त्यसैगरी चालू आवको आठ महिनामा ६३.३ किलोमिटर सडकको आवधिक मर्मत भएको छ। गत आवमा ३७० किलोमिटर सडकको आवधिक मर्मत भएको थियो।

117
Shares

प्रतिक्रिया