कारोबार


खल्तीबाटै डिम्याट र मेरो सेयर नवीकरण शुल्क भुक्तानी गर्न सकिने

खल्तीबाटै डिम्याट र मेरो सेयर नवीकरण शुल्क भुक्तानी गर्न सकिने

नेपालखबर
असार २६, २०७६ बिहिबार ११:६,

सेयर कारोबार गर्ने व्यक्तिहरूले अबदेखि खल्तीबाटै हितग्राही खाता (डिम्याट) र मेरो सेयरको शुल्क भुक्तानी गर्न सक्ने भएका छन्। ‘खल्ती डिजिटल वालेट’ले बिहीबारबाट खल्ती एप तथा वेबसाइट प्रयोग गरी अनलाइनबाटै डिम्याट र मेरो सेयरको वार्षिक नवीकरण शुल्क भुक्तानी सेवाको औपचारिक सुरुवात गरेको हो।

यो सेवा सुरु भएसँगै खल्तीले एप तथा वेबसाइटमा ‘सेयर’ नाम दिइएको एउटा नयाँ आइकन ल्याएको छ। यसबाट केही क्लिकमै विना कुनै अतिरिक्त शुल्क छिटो र सजिलो तरिकाले डिम्याट तथा मेरो सेयर नवीकरण शुल्क भुक्तानी गर्न सकिने कम्पनीले जनाएको छ।  खल्तीले सञ्चालनमा ल्याएको यस सेवाले डिम्याट तथा मेरो सेयर खातावालहरु विभिन्न क्यापिटल तथा मर्चेन्ट बैंकिङको कार्यालयमै पुगेर नवीकरण शुल्क तिर्नु पर्ने झन्झट अन्त्य हुने कम्पनीको दाबी छ। यस्तो डिजिटल भुक्तानी सुविधाबाट डिम्याट तथा मेरो सेयर खातावालहरु लाभान्वित हुनेछन्।

डिम्याट र मेरो सेयर नवीकरण शुल्क भुक्तानी सेवाको औपचारिक सुरुवात गर्दै खल्तीका म्यानेजिङ डाइरेक्टर मनिष मोदीले नेपालको सन्दर्भमा अहिले पनि डिम्याट तथा मेरो सेयर खातावालहरु मर्चेन्ट बैंकिङको कार्यालयमै पुगेर नवीकरण शुल्क तिर्नु पर्ने बाध्यता रहेको बताए। उनले भने, ‘खासमा यो काम त्यति धेरै बोझिलो हुनुहुँदैन भन्ने हेतुका साथ खल्तीले मोबाइलबाटै सहजतापूर्ण तरिकाले नवीकरण शुल्क भुक्तानी सेवा सुचारु गरेको हो।’ अहिले तत्कालका लागि जम्मा छ वटा क्यापिटल तथा मर्चेन्ट बैंक खातावालहरुले यो सेवा प्रयोग गर्न सक्नेछन्। जसमा सनराइज क्यापिटल, लक्ष्मी क्यापिटल, सानिमा क्यापिटल, प्रभु क्यापिटल, एनआइसी एसिया क्यापिटल, र नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेका छन् । खल्तीले छिट्टै अरु धेरै क्यापिटल तथा मर्चेन्ट बैंकका खातावालहरुमाझ यो सेवा विस्तार गर्नेछ ।

सन २०१७, जनावरी २६ बाट नेपाली बजारमा आरम्भ भएको खल्ती, एक उदीयमान र रुचाइएको पेमेन्ट गेटवे हो । खल्तीको मोबाइल एप तथा वेबसाइट प्रयोग गरी मोबाइल रिचार्ज, बिजुली र पानीको बिल भुक्तानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, बिमाशुल्क भुक्तानी, फिल्म टिकेटिङ, प्लेन टिकेटिङ, इभेन्ट्स टिकेटिङ, होटेल रुम बुकिङ आदि गर्ने, इ–कमर्समार्फत किनिएको सामानको भुक्तानी, दैनिक पत्रिकाहरुको ग्राहक–शुल्क तिर्ने जस्ता अन्य थुप्रै सेवाहरु लिन सकिन्छ ।

हाल खल्ती प्रयोगकर्ताहरुको संख्या ८ लाखभन्दा बढी रहेको कम्पनीको दाबी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad