कारोबार


भारतमा अवार्ड पाएको रिभर इन्डी नेपाल भित्रिँदै, कति पर्छ मूल्य?

भारतमा अवार्ड पाएको रिभर इन्डी नेपाल भित्रिँदै, कति पर्छ मूल्य?

नेपालखबर
साउन १२, २०८३ मंगलबार २०:१०, काठमाडौँ

नेपालमा प्रिमियम इलेक्ट्रिक स्कुटर भित्रिने भएको छ। 

विशाल इन्टरप्राइजेजले अन्तर्राष्ट्रियरूपमा चर्चित रिभर इन्डी स्कुटर आगामी नाइमा नेपाल मोबिलिटी एक्स्पोमा आधिकारिकरूपमा सार्वजनिक गर्ने तयारी गरेको हो।

आधिकारिक बिक्री सुरु हुनुअघि रिभर इन्डी काठमाडौँका सडकहरूमा, विशेष गरी ह्वाइट गुम्बा वरपरका परीक्षण गरिएको छ।

नेपाली सडक र भौगोलिक अवस्था अनुकूल छ/छैन भनेर मूल्यांकन गर्न यस्तो परीक्षण गरिएको कम्पनीले जनाएको छ। 

‘नेपालमा विद्युतीय गतिशीलता क्षेत्र तीव्र रूपमा विस्तार भइरहेको र उपभोक्ताहरूले कार्यक्षमता, स्थायित्व तथा उच्च पर्फर्मेन्सयुक्त सवारी खोजिरहेको समयमा यो स्कुटर नेपाल भित्रिन लागेको हो,’ कम्पनीले भनेको छ। 

एसयूभी स्कुटरका रूपमा डिजाइन गरिएको रिभर इन्डीलाई यसको बलियो बनावट, अग्लो ग्राउन्ड क्लेरेन्स र व्यावहारिक प्रयोगका कारण नेपालका विभिन्न सडकहरूका लागि उपयुक्त मानिएको कम्पनीको दाबी छ।

कम्पनीका अनुसार भारतको बेंगलुरुस्थित इलेक्ट्रिक मोबिलिटी कम्पनी रिभरले निर्माण गरेको यो स्कुटरले विश्वस्तरीय पहिचान हासिल गरिसकेको छ। यो रेड डट डिजाइन कन्सेप्ट अवार्ड २०२४ र रेड डट प्रोडक्ट डिजाइन अवार्ड २०२५ दुवै जित्न सफल एक मात्र भारतीय दुईपांग्रे सवारी हो।

प्राविधिक विशेषताका हिसाबले यसमा ४ किलोवाट आवरको ब्याट्री प्याक छ, जसले एक पटकको फुल चार्जमा १६० किलोमिटरसम्मको रेन्ज दिन्छ। ९० किमी प्रतिघन्टाको अधिकतम गति रहेको यस स्कुटरमा १८ डिग्रीसम्मको उकालो चढ्ने क्षमता, १७७ एमएमको ग्राउन्ड क्लेरेन्स, १४-इन्चको ह्विल, ५५ लिटरको लक गर्न मिल्ने ठूलो स्टोरेज र छुट्टै राइडर फुटपेग उपलब्ध छ। 

कम्पनीले यसमा ८ वर्षसम्मको वारेन्टीसमेत दिनेछ। नेपाली बजारमा रिभर इन्डीको अधिकतम खुद्रा मूल्य ३ लाख ७० हजार रूपैयाँ निर्धारण गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad