सेयरबजार साताको पहिलो कारोबार दिन दोहोरो अंकले उकालो लागेको छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से २७.८५ अंकले बढेर २७८६.३५ विन्दुमा चढेको हो।
योसँगै पहिलो दिन कारोबार रकम समेत ५ अर्ब ९८ करोड पुगेको छ। यस दिन १ करोड ४५ लाख कित्ताको कारोबार भएको छ। यस दिन २८ वटाको मूल्य घटे पनि २३५ वटा सेयर बढेका छन्। सातवटाको भने मूल्य स्थिर छ।
सोमबार सेयर वृद्धिदर अधिकतम ९.०१ प्रतिशतसम्म र गिरावट दर १०.३२ प्रतिशतसम्म छ।
आज आँखुखोला जलविद्युत् कम्पनीको ६० करोडको किनबेच हुँदा रिडी पावर ३० करोड, अपि पावर १८ करोड, नेशनल हाइड्रो १५ करोड र ङादी ग्रुप पावरको १४ करोडको कारोबार भएको छ।
यस दिन सामूहिक लगानी कोष समूह घटे पनि बाँकी सबै हरियो छन्।
12
Shares

प्रतिक्रिया