राजनीति


उद्योगसचिव राउत भन्छन्- महत्वपूर्ण कागजात नष्ट हुँदा आवश्यक प्रमाण जुटाउन कठिन

उद्योगसचिव राउत भन्छन्- महत्वपूर्ण कागजात नष्ट हुँदा आवश्यक प्रमाण जुटाउन कठिन

नेपालखबर
जेठ ११, २०८३ सोमबार १५:१८, काठमाडौँ

उद्योग मन्त्रालयका सचिव कृष्णबहादुर राउतले महत्वपूर्ण कागजात नष्ट भएका कारण आवश्यक प्रमाण जुटाउन कठिन भइरहेको बताएका छन्।

सार्वजनिक लेखा समिति बैठकमा बोल्दै उनले विगतका केही महत्वपूर्ण कागजात नष्ट भएका कारण बेरुजु फर्स्यौटको काममा आवश्यक प्रमाण जुटाउन कठिन भइरहेको जानकारी दिएका हुन्। 

उनकाअनुसार कतिपय फाइल महालेखा परीक्षकको कार्यालयमा पठाइए पनि विभिन्न कारणले प्रक्रिया रोकिएको अवस्था छ। यसले बेरुजु फरस्यौटको काम प्रभावित भएको छ। सचिव राउतले विगत करिब दुई वर्षसम्म कायम रहेको कानुनी अस्पष्टताका कारण पनि बेरुजु रकम बढेको बताए। कानुनी अन्योलका कारण समयमा फर्स्यौट हुन नसक्दा बेरुजुको दायरा विस्तार भएको उनको भनाइ थियो।

सचिव राउतले भने, ‘कागजातहरू नष्ट भएको कारणले पनि पछिल्लो समयमा आवश्यक कागज–प्रमाणहरू पूरा गर्न नसकेर रहेको छ। अलिकति अहिलेको समस्या भनेको त्यही हो भने त्यसपछि कतिपय फाइल चाहिँ महालेखा परीक्षकको कार्यालयमा पठाइए पनि त्यो विविध कारणले अहिले रोकिएको अवस्था छ र यो बेरुजुको रकम अलिकति बढ्नुमा विगतमा हाम्रो लगभग दुई वर्षजति कानुनी अस्पष्टताको कारणले पनि यो फर्स्यौट हुन नसकेको कारणले बढेको हो।’ 

सचिव राउतले हाल मन्त्रालयले कानुनबमोजिम ‘बेरुजु फर्स्यौट समिति’ गठन गरी नियमित रूपमा काम गरिरहेको जानकारी दिए। मन्त्रालय तथा मातहत निकायका प्रमुख र लेखा प्रमुखहरूसँग निरन्तर छलफल गरेर कार्ययोजनाअनुसार बेरुजु फर्स्यौट प्रक्रिया अघि बढाइएको सचिव राउतले बताए। 

उनकाअनुसार मन्त्रालयले बेरुजु व्यवस्थापनलाई प्राथमिकतामा राखेर तदारुकताका साथ काम गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad