कारोबार


आयोजना बैंकमा चार हजार तीन सय ९१ आयोजना दर्ता

आयोजना बैंकमा चार हजार तीन सय ९१ आयोजना दर्ता

नेपालखबर
जेठ ८, २०८३ शुक्रबार १४:५३, काठमाडौँ

चालू आर्थिक वर्षको हालसम्म परियोजना बैंकमा दर्ता भएका परियोजनाको सङ्ख्या चार हजार ३९१ पुगेको छ। 

अर्थ मन्त्रालयले उपलब्ध गराएको विवरणअनुसार, नयाँ आयोजनाको सङ्ख्या ३९० छन्।

त्यसमा आव २०८१/८२ को ६ वटा, गत चैत २२ मा १२६, गत वैशाख १० मा १३०, गत वैशाख १५ गते ३१ र यही जेठ ४ गते मात्रै १०३ आयोजना दर्ता भएका छन् । परियोजना बैंकमा रहेका आयोजनामध्ये क्रमागतका ९२ र अध्ययनका क्रममा रहेका तीन हजार ९०९ वटा छन् ।

अर्थतन्त्रको वर्तमान स्थिति र सम्भावनाका क्षेत्र
अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आज राष्ट्रियसभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिमा पेस गर्नुभएको विवरणअनुसार, मुलुकको अर्थतन्त्रको वर्तमान स्थिति र सम्भावनाका क्षेत्रमा विद्युत् उत्पादन र पर्यटक सङ्ख्या बढेको उल्लेख गर्नुभएको छ । बैंकमा अधिक निक्षेप तरलता रहेको र विदेशी विनिमयको पर्याप्त सञ्चिति रहेको छ ।

यस्तै, वनको उत्पादकत्वमा वृद्धि, काष्ठ सामग्री र गैरकाष्ठ वन पैदावर निकासीमा उल्लेख्य वृद्धि भई २० अर्ब बराबर पुगेको अर्थमन्त्री डा वाग्लेले जानकारी दिए। यस्तै, विश्व कार्बन व्यापारमा प्रवेश गरेको, कार्बन बिक्रीबाट पहिलो किस्ताको नौ दशमलव चार मिलियन अमेरिकी डलर बराबरको रकम रकम वन विकास कोषमा जम्मा भएको छ।

कच्चा पदार्थ प्रदान गरी सिमेन्ट तथा जलविद्युत् उत्पादनमा अभिवृद्धि भई आत्मनिर्भर र निर्यातउन्मुख रहेको र तौलरहित व्यापार, डिजिटल सुशासन र सूचना प्रविधिका क्षेत्रबाट नेपालको युवा जनशक्तिको लाभ एवम् रोजगारी अभिवृद्धि हुने अवस्था रहेको उनले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad