सेयरबजारमा पुनः गिरावट देखिएको छ।
नेप्से १२.३६ अंकले घटेर बिहीबार २७४२.११ विन्दुमा झरेको हो।
यस दिन ३ अर्ब ८९ करोडको कुल कारोबार भएको छ। यो कारोबारमा ७२ वटा सेयर बढे पनि १८८ वटाको मूल्य घटेको छ। त्यस्तै ९ वटाको स्थिर रहेको छ।
बिहीबार अधिकतम ९.२६ प्रतिशतसम्मको बढावट र १४.९५ प्रतिशतसम्मको अधिकतम गिरावट आएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।
आजको अधिकतम कारोबार रकम १७ करोड ७२ लाखसम्म छ। यस दिन सामूहिक लगानी कोषबाहेक बाँकी सबै समूह घटेका छन्।
15
Shares

प्रतिक्रिया