कारोबार


निरन्तर बढ्दै आएको अमेरिकी डलरको भाउ आज थप बढ्यो, अस्ट्रेलियन डलरको घट्यो

निरन्तर बढ्दै आएको अमेरिकी डलरको भाउ आज थप बढ्यो, अस्ट्रेलियन डलरको घट्यो

नेपालखबर
जेठ ६, २०८३ बुधबार ५:१७, काठमाडौँ

नेपाल राष्ट्र बैंकले आज (बुधबार) लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ।

आज पनि अमेरिकी डलरको मूल्य बढेको छ। त्यसैगरी युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहितका मुद्रा पनि महँगिएका छन्। तर अस्ट्रेलियन डलरको भाउ भने घटेको राष्ट्र बैंकले जनाएको छ। 

आज अमेरिकी डलर १ को खरिददर १५४ रुपैयाँ १६ पैसा र बिक्रीदर १५४ रुपैयाँ ७६ पैसा छ। अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो। 

विगत केही दिनदेखि अमेरिकी डलरको विनिमयदर निरन्तर बढ्दै आएको छ। हिजो पनि अमेरिकी डलरले हालसम्मकै महँगो मूल्यको रेकर्ड बनाएको थियो। 

हिजो अमेरिकी डलर १ को खरिददर १५३ रुपैयाँ ८६ पैसा र बिक्रीदर १५४ रुपैयाँ ८५ पैसा थियो। 

त्यसैगरी आज युरो १ को खरिददर १७९ रुपैयाँ १२ पैसा र बिक्रीदर १७९ रुपैयाँ ८२ पैसा छ। हिजो युरो १ को खरिददर १७८ रुपैयाँ ५९ र बिक्रीदर १७९ रुपैयाँ ६४ पैसा थियो।

आज पाउन्ड स्ट्रलिङ १ को खरिददर २०६ रुपैयाँ ६६ पैसा र बिक्रीदर १०७ रुपैयाँ ४६ पैसा छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर २०५ रुपैयाँ ४८ पैसा र बिक्रीदर १०६ रुपैयाँ २८ पैसा थियो। 

त्यसैगरी अस्ट्रेलियन डलर १ को खरिददर १०९ रुपैयाँ ७४ पैसा र बिक्रीदर ११० रुपैयाँ १७ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ११० रुपैयाँ ०३ पैसा र बिक्रीदर ११० रुपैयाँ ४५ पैसा थियो। 

आज कुवेती दिनार १ को खरिददर ५०२ रुपैयाँ ४८ पैसा र बिक्रीदर ५०४ रुपैयाँ ४३ पैसा छ। हिजो कुवेती दिनार १ को खरिददर ५०१ रुपैयाँ ५० पैसा र बिक्रीदर ५०३ रुपैयाँ ४६ पैसा थियो। 

आज बहराइन दिनार १ को खरिददर ४०८ रुपैयाँ ८० पैसा र बिक्रीदर ४१० रुपैयाँ ४० पैसा छ। हिजो बहराइन दिनार १ को खरिददर ४०७ रुपैयाँ ९५ पैसा र बिक्रीदर ४०९ रुपैयाँ ५५ पैसा थियो। 

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ।

हेर्नुहोस् सबै मुद्राको विनिमय दर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad