सरकारले घरजग्गा कारोबारीहरुलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी सफ्टवेयर गो एएमएल र त्यससम्बन्धी रिपोर्टिङ प्रक्रिया बारे तालिम दिने भएको छ।
भूमि व्यवस्थापन तथा अभिलेख विभाग र नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाई (एफआईयू)सँगको सहकार्यमा नेपाल घरजग्गा एजेन्ट्स तथा एजेन्सिज महासंघले तालिम दिन लागेको हो।
जेठ ७ गते काठमाडौंमा आयोजना हुन लागेको उक्त तालिम घरजग्गा कारोबार गर्न इजाजतपत्र प्राप्त गरेका कम्पनीलाई मात्रै प्रदान गर्न लागिएको छ।
सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धमा पालना गर्नुपर्ने नियम विपरीतका गतिविधि बढेपछि फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)को एसिया प्रशान्त समूह (एपीजी)ले २०८१ फागुनमा नेपाललाई ग्रे लिस्टमा समावेश गरेको थियो।
घरजग्गा कारोबारमार्फत अवैध धन शुद्धीकरण हुने गरेको घटना बाहिरिएसँगै सरकारले यो क्षेत्रमा कडाई गर्दै आएको छ। यही परिस्थितिलाई मध्यनजर गर्दै घरजग्गा कारोबारीहरुलाई तालिम प्रदान गर्न लागिएको बताइएको छ।

प्रतिक्रिया