कारोबार


कोहलपुर–सुर्खेत १३२ केभी विद्युत् प्रसारणलाइनका २ टावर मर्मत गर्न तीन साता लाग्ने, ऊर्जामन्त्रीको चासो

कोहलपुर–सुर्खेत १३२ केभी विद्युत् प्रसारणलाइनका २ टावर मर्मत गर्न तीन साता लाग्ने, ऊर्जामन्त्रीको चासो

नेपालखबर
बैशाख ३०, २०८३ बुधबार १३:३८, काठमाडौँ

कोहलपुर–सुर्खेत १३२ केभी विद्युत् प्रसारणलाइनअन्तर्गत बाँकेको चिसापानी क्षेत्रमा रहेका दुई वटा १३२ केभी क्षमताका टावर ढलेपछि कर्णाली प्रदेशको विद्युत् आपूर्ति प्रभावित बनेको घटनाप्रति ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले चासो राख्दै मर्मत तथा छानबिन कार्यलाई तीव्र दिन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।

मन्त्री श्रेष्ठको सचिवालयले सम्बन्धित कार्यालयहरूसँग समन्वय गर्दै टावर पुनर्निर्माण गरी विद्युत सुचारु गर्न पहल गरिरहेको छ। हावाहुरीका क्रममा रुख ढल्दा दुई वटा टावर पूर्ण रूपमा क्षतिग्रस्त भएका थिए।

उक्त घटनापछि प्राधिकरणले ग्रिड अप्रेसन प्रमुख रमण राज शर्माको संयोजकत्वमा छानबिन समितिसमेत गठन गरिसकेको छ। प्राधिकरणका अनुसार क्षतिग्रस्त टावर निर्माणको जिम्मा आर एस इन्फ्रा कम्पनीले लिएको थियो। हालको क्षतिमा टावरको फाउन्डेसन नै पुनः निर्माण गर्नुपर्ने अवस्था देखिएको र मर्मत तथा पुनःस्थापनाको काम सम्पन्न गर्न करिब तीन साता लाग्ने अनुमान गरिएको छ। 

१३२ केभी लाइन अवरुद्ध भएपछि कर्णाली प्रदेशमा विद्युत् आपूर्तिलाई सुचारु गर्न वैकल्पिक रूपमा पुरानो ३३ केभी प्रसारण लाइनमार्फत सीमित विद्युत् आपूर्ति सुरु गरिएको छ। तर उक्त लाइनको क्षमता कम भएकाले विद्युत् सेवा प्रभावित भइरहेको बताइएको छ।

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन कर्णाली प्रदेशको दीर्घकालीन विद्युत् समस्या समाधान गर्ने लक्ष्यसहित निर्माण गरिएको पूर्वाधार आयोजना हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad