ad ad

कारोबार


उद्योगपति सांसदको जोड कृषिमा, विनोद चौधरी भन्छन्– कृषि क्षेत्रलाई ठूलो सब्सिडी दिऔँ

उद्योगपति सांसदको जोड कृषिमा, विनोद चौधरी भन्छन्– कृषि क्षेत्रलाई ठूलो सब्सिडी दिऔँ

नेपालखबर
जेठ ५, २०७७ सोमबार ९:४५,

नेपाली कांग्रेसका सांसद तथा उद्योगपति विनोद चौधरीले नेपालको कृषि क्षेत्रलाई क्रान्तिको खाँचो रहेको बताएका छन्।

संसदमा पूर्वबजेट छलफलमा सहभागी हुँदै उनले नेपाली कृषि उत्पादनलाई प्रतिस्पर्धी बनाउन र चीन र भारतबाट आउने तरकारी र फलफूलसँग प्रतिस्पर्धी बनाउन ठूलो सब्सिडी दिनुपर्ने सुझाव दिएका हुन्।

आयातित कृषि उत्पादनभन्दा नेपाली कृषि उत्पादन ३० प्रतिशत महंगो भएको भन्दै उनले सरकारले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेकामा खुसी व्यक्त गरे।

उनले भने, ‘म आग्रह गर्छु कि कृषिमा युवालाई लगाउन र अरुसँग प्रतिस्पर्धा गर्न ठूलो सब्सिडीको व्यवस्था गरियोस्। जसले ठूलो क्रान्ति आउन सकोस्।’

कोभिड १९ का कारण वैदेशिक रोजगारी गुमेर नेपाल फर्किने युवालाई कृषि क्षेत्रमा लगाउन पनि उनले माग गरे। उनले नयाँ उद्योग खुल्ला र रोजगारी सृजना गरौँला भन्ने सोचेको भए त्यो सरकारले देखेको दिवा सपनामात्र भएको उनले टिप्पणी गरे।

चौधरीले भने, ‘आजको प्राथमिकता भनेको अहिले बाँच्नु हो, बचाउनु हो। रोजगारी गुम्दै छ। उद्योगधन्दा बन्द छन्। सडकमा उभिएका दिनहुँ हातमुख जोर्नुपर्ने बाध्यता भएका कामदार कामविहीन छन्।’

उनले कोभिड १९ को कारणबाट योभन्दा अघि नै भोकले मर्नुपर्ने हो कि भन्ने त्रास सिर्जना भएकोतर्फ सरकारको ध्यानाकर्षण गराए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .