सेयरबजार पुनः २६.१६ अंकले ओर्लिएको छ। नेप्से उक्त अंकले घटेर २७७०.२६ विन्दुमा झरेको हो।
सूचक घटे पनि कारोबार रकम भने बढेको छ। मंगलबार ६ अर्ब ५३ करोड रुपैयाँको कारोबार भएको छ। कुल १ करोड ४० लाख कित्ता किनबेचमा यो परिमाणको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।
यस दिन ४२ वटा सेयर मात्रै बढेका छन्। २१३ वटा घटेका र १४ वटा अघिल्लो मूल्यमै कारोबार भएका छन्। बढेका सेयरहरुमा ४.७४ प्रतिशतसम्म मात्र वृद्धि देखिएको छ भने घटेकामा सर्किट तहसम्म छ।
यस दिन कर्पोरेट डेभलपमेन्ट बैंकको १४.९९ प्रतिशत गिरावट आउँदा रिजलाइन इनर्जी १०.२७ प्रतिशतले घटेको छ।
कारोबारमा आज पाल्पा सिमेन्ट अगाडि रह्यो। कम्पनीको मात्रै ५८ करोडको कारोबार भएको छ। त्यसैगरी रिलायन्स स्पिनिङ मिल्सको ३४ करोड, कर्पोरेट डेभलपमेन्ट बैंकको ३० करोड, सोलु हाइड्रोपावर २८ करोड र कुमारी बैंक लिमिटेडको २२ करोडको कारोबार भएको छ।
Shares

प्रतिक्रिया