राजनीति


गृहमन्त्रीको विषय छलफलकै चरणमा छ: मनिष झा

गृहमन्त्रीको विषय छलफलकै चरणमा छ: मनिष झा

नेपालखबर
बैशाख ७, २०८३ सोमबार १८:५६, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता मनिष झाले गृहमन्त्री सुधन गुरुङको विषय छलफलकै चरणमा रहेको बताएका छन्। 

रास्वपा केन्द्रीय समितिको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रवक्ता झाले गृहमन्त्री गुरुङका विषयमा कुनै निर्णय नभएको बताए। आजको बैठकको एजेन्डामा गृहमन्त्रीबारेको विषय नभएको सुनाए। 

सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका व्यवसायी दिपक भट्टसँग गृहमन्त्री गुरुङको व्यापारिक साझेदारी रहेको समाचार आएका छन्। त्यसलाई लिएर विपक्षी दलले उनको राजीनामा माग गरेका छन्। 

यसअघि दिपककुमार साहलाई श्रम मन्त्रालयबाट फिर्ता गरिएको थियो। त्यतिवेला ‘राइट टु रिकल’ अन्तर्गत फिर्ता बोलाएको रास्वपाले जनाएको छ। यसबारे सञ्चालकर्मी प्रवक्ता झालाई प्रश्न गरेका थिए। त्यसको जवाफमा उनले छलफलकै चरणमा रहेको प्रतिक्रिया दिएका हुन्। 

‘राइट टु रिकलको अथोरिटी नेतासँग हुन्छ। यो विषयमा आजको बैठकमा एजेन्डा प्रस्तावित थिएन,’ झाले भने, ‘कहिलेकाहीँ प्रस्ताव, छलफल, निष्कर्ष र निर्णय गरी चार वटा खुड्किला हुन्छन्। अहिले यसलाई प्रस्ताव र छलफलकै चरणमा मान्न सकिन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad