नेपालले चालू आर्थिक वर्षको साउनदेखि चैतसम्म १४ खर्ब ९० अर्ब ४९ करोड ८८ लाख ६४ हजार रुपैयाँको वस्तु आयात गरेको छ।
भन्सार विभागका अनुसार यो अवधिमा २ खर्ब २२ अर्ब ९३ करोड ६२ लाख २४ हजार रुपैयाँबराबरको निर्यात भएको छ।
गत ९ महिनामा आयात १३.८२ प्रतिशतले र निर्यात १८.४६ प्रतिशतले बढोत्तरी भएको हो।
योसँगै नेपालको १२ खर्ब ६७ अर्ब ५६ करोड २६ लाख ४१ हजार व्यापारघाटा रहेको विभागले जनाएको छ। व्यापारघाटा यो अवधिमा १३.०४ प्रतिशतले बढेको छ। यो अवधिमा नेपालले कुल १७ खर्ब १३ अर्ब ४३ करोड ५० लाख ८८ हजार रुपैयाँबराबरको व्यापार गरेको छ।
अघिल्लो वर्षको पहिलो ९ महिनामा नेपालको आयात १३ खर्ब ९ अर्ब ५३ करोड २८ लाख ३८ हजार, निर्यात १ खर्ब ८८ अर्ब १९ करोड ५० लाख ७० हजार, व्यापारघाटा ११ खर्ब २१ अर्ब ३३ करोड ७७ लाख ६८ हजार रहेको थियो। सो अवधिमा नेपालको कुल वस्तु व्यापार १४ खर्ब ९७ अर्ब ७२ करोड ७९ लाख ८ हजार रुपैयाँ बराबर थियो।
विभागका अनुसार नेपालको अधिकांश देशसँगको व्यापार घाटामा छ। सबैभन्दा बढी छिमेकी देश भारतसँग ६ खर्ब ६३ अर्ब ११ करोड ५८ लाख ७६ हजार रुपैयाँ घाटाको व्यापार रहेको छ। त्यसैगरी चीनसँग २ खर्ब ९९ अर्ब ५१ करोड ८४ लाख ७३ हजार, यूएईसँग ४५ अर्ब ३८ करोड ७७ लाख ४९ हजार, अमेरिकासँग ८ अर्ब ६७ करोड ५७ लाख ३ हजार, जर्मनीसँग १ अर्ब ४ करोड, बेलायतसँग १ अर्ब ७ करोड, जापानसँग ५ अर्ब ७२ करोड रुपैयाँ घाटामा छ।
Shares

प्रतिक्रिया