कारोबार


राहदानीमा नीतिविपरीत लेख्ने दुई अध्यागमन अधिकृतलाई जिम्मेवारीबाट हटाइयो

राहदानीमा नीतिविपरीत लेख्ने दुई अध्यागमन अधिकृतलाई जिम्मेवारीबाट हटाइयो

नेपालखबर
बैशाख ७, २०८३ सोमबार १३:५१, काठमाडौँ

अध्यागमन विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका दुई जना मातहतका कर्मचारीलाई जिम्मेवारीबाट हटाएको छ।

अध्यागमन अधिकृतद्वय टोपबहादुर खत्री र विमल पौडेललाई विमानस्थलको जिम्मेवारीबाट हटाएर विभाग लगिएको विमानस्थल अध्यागमन कार्यालय स्रोतले जानकारी दिएको छ। 

उनीहरुले संयुक्त अरब इमिरेट्स (यूएई) जान लागेका नेपालीको राहदानीमा नीतिविपरीत विदेश गएर काम गर्न नपाउने र नेपाल फर्किने मितिसहितको थप नोट लेखेका थिए। विभागले नेपाली नागरिकलाई शर्त तोकेर प्रस्थान अनुमति दिने अध्यागमन प्रशासनको कुनै नीति वा निर्णय नभएको स्पष्ट पारेको छ। 

‘प्रचलित कानुन र विभागीय निर्णयबाहिर गई गैरकानुनी अध्यास गर्ने दुई जना अध्यागमन अधिकृतहरुलाई अध्यागमन कार्यालय त्रिअविको जिम्मेवारीबाट हटाई आवश्यक छानबिन भइरहेको छ’, अध्यागमन विभाग प्रवक्ता टीकाराम ढकालले विज्ञप्तिमा उल्लेख गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad