कारोबार


कृषिमन्त्री चौधरीसँग विश्व बैंकका देशीय निर्देशकको भेट

कृषिमन्त्री चौधरीसँग विश्व बैंकका देशीय निर्देशकको भेट

नेपालखबर
चैत २५, २०८२ बुधबार १३:२७, काठमाडौँ

कृषि तथा पशुपन्छी विकासमन्त्री गीता चौधरीसँग नेपालका लागि विश्व बैंकका देशीय निर्देशक डेभिड सिस्लेनले आज उनकै कार्यकक्षमा शिष्टाचार भेट गरेका छन्।  

त्यस अवसरमा उहाँहरूबीच विश्व बैंकसँगको सहकार्यमा पशुपालन र कृषि क्षेत्रमा भएका साझेदारी, नवप्रवर्तन, बजार व्यवस्थापन सुधार, जलवायु परिवर्तनका असर घटाउने, कृषि क्षेत्रको विकासका निम्ति नीतिगत सुधार,  पोषण सञ्जालका साथै समावेशी कृषि विकासबारे छलफल भएको मन्त्री चौधरीको निजी सचिवालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad