कारोबार


एडीबी र विश्व बैंकले दिने साढे १८ करोड डलर ऋण स्वीकार गर्ने सरकारको निर्णय

दिगो र समावेशी वित्तको ऋण पनि स्वीकार गर्ने निर्णय
एडीबी र विश्व बैंकले दिने साढे १८ करोड डलर ऋण स्वीकार गर्ने सरकारको निर्णय

नेपालखबर
चैत २२, २०८२ आइतबार १४:३८, काठमाडौँ

सरकारले एसियाली विकास बैंक र विश्व बैंकसँग साढे १८ करोड अमेरिकी डलरबराबरको ऋण स्वीकार गर्ने निर्णय गरेको छ। 

सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधि, युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले २२ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको जानकारी दिए। 

यसअनुसार अर्थ मन्त्रालयबाट डिजिटल ट्रान्सफरमेसन परियोजनाका लागि एडीबी र विश्व बैंकले प्रदान गर्ने क्रमशः ४० मिलियन अमेरिकी डलर र ५० मिलियन अमेरिकी डलर जम्मा ९० मिलियन अमेरिकी डलरबराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरिएको छ। 

त्यसैगरी दिगो र समावेशी वित्त परियोजनाका लागि विश्व बैंकबाट प्राप्त हुने ९५ मिलियन अमेरिकी डलरबराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय भएको मन्त्री पोखरेलले जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad