कारोबार


जापान जानबाट रोकिएका ६ सय जना र हङकङ आइडीवालालाई विमान चार्टर्ड गरी पठाइने

जापान जानबाट रोकिएका ६ सय जना र हङकङ आइडीवालालाई विमान चार्टर्ड गरी पठाइने

नेपालखबर
जेठ २, २०७७ शुक्रबार १०:१६,

 सरकारले लकडाउनका कारण जापान जानबाट रोकिएका ६ सय नेपाली र हङकङको आईडी प्राप्त नागरिकलाई चार्टर्ड फ्‍लाइटमार्फत पठाउने भएको छ।

 शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको कोभिड १९ रोकथाम, नियन्त्रण एवं उपचार उच्चस्तरीय समितिको बैठकले लकडाउनका कारण जापन र हङकङ जानबाट रोकिएकाहरुलाई चार्टर्ड फ्‍लाइटमार्फत पठाउने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण प्रसाद बिडारीले बताए।

सचिव बिडारीका अनुसार लकडाउनका कारण जापान जानबाट रोकिएका ६ सय र हङकङको आइडी प्राप्त नागरिकलाई स्वास्थ्य परीक्षण, अध्यागमन प्रक्रिया पूरा गरी पठाउने निर्णय भएको हो।

चार्टर्ड फ्लाइट कहिले हुने र खर्च कसले व्यहोर्ने भन्ने विषयमा उनले केही बताएनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad