कारोबार


एकै महिनामा एक लाख २० हजार पर्यटक भित्रिए, युरोप-अमेरिकाबाट आउने घटे

एकै महिनामा एक लाख २० हजार पर्यटक भित्रिए, युरोप-अमेरिकाबाट आउने घटे

नेपालखबर
चैत १९, २०८२ बिहिबार १९:५८, काठमाडौँ

एकै महिनामा एक लाख २० हजार पर्यटक भित्रिएका छन्। 

नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०२६ को मार्चमा १ लाख २० हजार ५ सय १६ जना विदेशी पर्यटक नेपाल भित्रिएका हुन्।

बोर्डको तथ्यांक अनुसार मार्च २०२६ मा दक्षिण एशियाली (सार्क) मुलुकबाट मात्रै ४२ हजार ६६८ पर्यटक नेपाल आएका छन्। जुन कुल आगमनको करिव ३५.४ प्रतिशत हो।

यसमध्ये भारतबाट सबैभन्दा धेरै २५ हजार ७२८ पर्यटक आएका छन्। श्रीलंकाबाट १० हजार ७५९ र बंगलादेशबाट ४ हजार ६ सय ७६ पर्यटकले नेपाल भ्रमण गरेका छन्।  

त्यस्तै, अन्य एशियाली मुलुकबाट आउने पर्यटकको संख्या पनि उत्साहजनक देखिएको छ। चीनबाट ११ हजार २ सय २०, म्यानमारबाट ६ हजार २० र थाइल्यान्डबाट ३ हजार ८ सय ९७ पर्यटक नेपाल आएका छन्।

जापान, मलेसिया र दक्षिण कोरियाबाट समेत उल्लेख्य आगमन भएको छ। ‘अन्य एसिया’ क्षेत्रबाट ३३ हजार ४३६ पर्यटक भित्रिएका छन्।

युरोप र अमेरिकाबाट आउने पर्यटक घटे
पर्यटन बोर्डको तथ्यांकअनुसार विकशित मुलुकबाट नेपाल घुम्न आउने पर्यटकको संख्यामा कमी आएको छ। सन् २०२६ को मार्चमा युरोपबाट जम्मा २० हजार ८ सय ७६ पर्यटक आएका छन्।

यो प्रतिशत अघिल्लो वर्षको तुलनामा १८.९ प्रतिशतले कमी हो। खासगरी समीक्षा अवधिमा बेलायत, फ्रान्स,जर्मनीबाट नेपाल आउने पर्यटकको संख्यामा ह्रास आएको छ।

समीक्षा अवधिमा अमेरिकाबाट आउने पर्यटकको संख्यामा पनि भारी गिरावट आएको छ।  

मध्यपूर्वमा देखिएको तनावले  युरोप र अमेरिकाबाट पर्यटक आगमन वृद्धिमा असर परेको तथ्यले देखाएको छ।

यद्यपि एशियाली बजारको तुलनामा युरोप र अमेरिकाबाट आउने पर्यटकको संख्या कम भए पनि उच्च खर्च गर्ने पर्यटकको रूपमा उनीहरुको योगदान महत्वपूर्ण मानिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad