सेयरबजारमा लगातार उच्च अंकको गिरावट देखिएको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार सोमबार बजार ४७.७१ अंकले ओरालो लागेको हो। यसअघि आइतबार पनि ७१ अंकले घटेको थियो।
योसँगै नेप्से २८३१.३९ विन्दुमा झरेको छ। यस दिन बजारमा ३ करोड १६ लाख बढी कित्ता कारोबारमा १२ अर्ब ९६ करोडको खरिदबिक्री भएको छ। सोमबार २६ वटा सेयरको मूल्य बढे पनि २३७ वटाको घटेको छ भने ५ वटाको स्थिर छ।
नेप्सेका अनुसार बढेकामध्ये रिलायन्स स्पिनिङ मिल्स, भुजुङ हाइड्रो, रिजलाइन इनर्जी, होटल फरेस्ट इनको सेयरमा सर्किट ब्रेक लाग्दा सुपर खुदी हाइड्रोको पनि ९.९९ प्रतिशत वृद्धि देखिएको छ। तर सोलु हाइड्रो, युनिक नेपाल लघुवित्त, सीवाईसी लघुवित्तलगायत धेरै घटेका छन्। आज सेयरहरु अधिकतम ७.७९ प्रतिशतसम्मले घटेका छन्।
कारोबारमा रिडी पावर अगाडि छ। कम्पनीको ६८ करोडको किनबेच हुँदा दोस्रो धेरै कारोबार ङादी ग्रुप पावरको भएको छ। कम्पनीको ४३ करोडको किनबेच भएको हो। यसबाहेक शिवम् सिमेन्ट ४३ र अपि पावर ३८ करोडको कारोबार भएको छ। आइतबारजस्तै सोमबार पनि सबै समूहमा गिरावट देखिएको छ।
Shares

प्रतिक्रिया