कारोबार


सबैजसो विदेशी मुद्राको भाउ घट्यो, अमेरिकी डलरको विनिमयदर आज कति?

सबैजसो विदेशी मुद्राको भाउ घट्यो, अमेरिकी डलरको विनिमयदर आज कति?

नेपालखबर
चैत १६, २०८२ सोमबार ५:५६, काठमाडौँ

नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।

आज अमेरिकी डलरको विनिमयदर स्थिर रहँदा अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती दिनारसहित सबैजसो विदेशी मुद्राको मूल्य घटेको छ। 

आज अमेरिकी डलर १ को खरिददर १५१ रुपैयाँ ४१ पैसा र बिक्रीदर १५२ रुपैयाँ ०१ पैसा छ। अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो। 

यही चैत १४ गते हालसम्मकै उच्च मूल्यको रेकर्ड कायम गरेको अमेरिकी डलरको विनिमयदर हिजो र  आज सोही मूल्यमा स्थिर रहेको हो। 

त्यसैगरि आज युरो १ को खरिददर १७४ रुपैयाँ २७ पैसा र बिक्रीदर १७४ रुपैयाँ ९६ पैसा छ। हिजो युरो १ को खरिददर १७४ रुपैयाँ ३२ पैसा र बिक्रीदर १७५ रुपैयाँ ०१ पैसा थियो। 

आज पाउन्ड स्ट्रलिङ १ को खरिददर २०० रुपैयाँ ६७ पैसा र बिक्रीदर २०१ रुपैयाँ ५६ पैसा छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर २०१ रुपैयाँ ४१ पैसा र बिक्रीदर २०२ रुपैयाँ २० पैसा थियो। 

आज अस्ट्रेलियन डलर १ को खरिददर १०४ रुपैयाँ ०६ पैसा र बिक्रीदर १०४ रुपैयाँ ४८ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर १०४ रुपैयाँ ३७ पैसा र बिक्रीदर १०४ रुपैयाँ ७९ पैसा थियो। 

त्यसैगरि आज कुबेती दिनार १ को खरिदर ४९३ रुपैयाँ २७ पैसा र बिक्रीदर ४९५ रुपैयाँ २३ पैसा छ। हिजो  कुबेती दिनार १ को खरिदर ४९३ रुपैयाँ ७६ पैसा र बिक्रीदर ४९५ रुपैयाँ ७१ पैसा थियो। 

आज बहराइन दिनार १ को खरिदर ४०१ रुपैयाँ ६२ पैसा र बिक्रीदर ४०३ रुपैयाँ २१ पैसा छ। हिजो बहराइन दिनार १ को खरिदर ४०१ रुपैयाँ ५७ पैसा र बिक्रीदर ४०३ रुपैयाँ १६ पैसा थियो। 

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ।

हेर्नुहोस् सबै मुद्राको विनिमय दर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad