कारोबार


घर निर्माण गर्दा चयन गर्ने विद्युतीय सामाग्रीले घटाउँछ खर्च


नेपालखबर
चैत १५, २०८२ आइतबार १७:२६, विराटनगर

घर निर्माण प्रदर्शनी– २०२६ मा स्मार्ट घर र आधुनिक जीवनशैलीबारे छलफल तथा अन्तरक्रिया भएको छ। उद्योग सङ्गठन मोरङको आयोजनामा विराटनगरस्थित जैन भवनमा जारी प्रदर्शनीको चौथो दिनको थिमेटिक सेसनमा घर निर्माण गर्दा ध्यान दिनु पर्ने विषयहरू  मध्ये जीवन शैली र स्मार्ट घरको विषयमा चर्चा भएको हो।

थिमेटिक सेसनको विद्युतीय सुरक्षा र ऊर्जा दक्षता सत्रमा बोल्दै इन्जिनियर वसन्त राज ओझाले विद्युतीय उपकरणको चयन र खरिद गर्दा उक्त उपकरणबारे पर्याप्त जानकारी हुनु पर्ने बताए। उनले खरिद गर्दादेखि नै उपकरण बारेमा जानकारी भएमा ऊर्जा जोगाउन भूमिका खेल्ने जानकारी दिए। ऊर्जा दक्षताका लागि उपयुक्त विद्युतीय उपकरण खरिदले घरको आर्थिक बचतमा समेत भूमिका खेल्ने उनकाे धारणा थियाे।

इन्टेरियर डिजाइन अवधारणास् स्पेस प्लानिङ, उपयोगिता, सौन्दर्य बारेको सत्रमा बोल्दै इन्टेरियर डिजाइनर नितेश लोहियाले इन्टेरियर डिजाइनिङ्ग खर्चिलो हुन्छ भन्ने समाजमा भ्रम रहेको बताए। उनले डिजाइनिङ्ग गर्दा अन्तर्राष्ट्रिय वस्तुको प्रयोगभन्दा बाँसलगायतको स्वदेशी वस्तुको प्रयोगमा जोड दिनु पर्नेमा जोड दिए।

त्यस्तै, 'सोलर घर दिगो आवासको लागि' विषयक सत्रमा बोल्दै सोलर व्यवसायी अपार न्यौपानेले सोलर ऊर्जा नवीकरणीय ऊर्जा भएकोले भविष्यमा एकदमै महत्त्व हुने बताए। उनले सोलारलाई आवश्यकता अनुसार प्रयोग गर्न सकिने र अधिक भएको सोलर ऊर्जालाई वैकल्पिक माध्यमबाट स्थानान्तरण गर्न सकिने उपायमा जोड दिनु पर्ने बताए।

चैत १२ देखि १६ गते सम्म जारी घर निर्माण सम्बन्धी प्रदर्शनीको अन्तिम दिन मर्मत सम्भार तथा ट्रिटमेन्टः संरक्षण, मर्मत र भवन आयु वृद्धि थिममा विशेषज्ञहरूसँग अन्तरक्रिया र छलफल हुने उद्योग सङ्गठन  मोरङका महानिर्देशक चूडामणि भट्टराईले जानकारी दिए।  प्रदर्शनी भोली सकिँदै छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad