बालेन्द्र शाह नेतृत्वको सरकारमा स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा निशा मेहता नियुक्त भएकी छिन्। स्वास्थ्यसँगै उनले खानेपानी मन्त्रालयको जिम्मेवारी पनि पाएकी छिन्।
उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को मधेसी समुदायबाट समानुपातिक सांसद बनेकी हुन्। सुनसरी घर भएकी उनी पेसाले नर्स हुन्। निशाले एमएससी नर्सिङ गरेकी छिन्।
२०४४ साल साउन २२ गते इनरुवामा जन्मिएकी निशाले भारतको ग्वालियरस्थित विश्वविद्यालयबाट नर्सिङमा स्नातकोत्तर गरेकी छिन्।
नेपाल फर्किएर उनी धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा काम गरेकी थिइन्। तीन वर्ष धरानमा काम गरेकी उनी हाल विराटनगरस्थित विराट मेडिकल कलेजमा नर्सिङ विषय अध्यापन गराउँदै थिइन्।
उनले काठमाडौँको कान्तिपुर एकेडकी अफ हेल्थ साइन्समा पनि केही वर्ष काम गरिन्।
उनी हाल विराट मेडिकल कलेजमा प्राध्यापन गराउदै थिइन्। १५ वर्षदेखि नर्सिङ पेसामा आबद्ध निशा परिवर्तन खोजेर रास्वपासँग जोडिएका थिइन्।

उनी रास्वपासँग २०७९ असार ७ गतेदेखि नै रास्वपामा जोडिएकी थिइन्।
परिवर्तन र सुधारको चाहाना सहित उनी रास्वपामा जोडिएकी बताउने निशा हरेक क्षेत्र समस्याग्रस्त देखेर केही सुधार गर्न त्यो ठाउँमा नपुगी हुँदैन भनेर उनी राजनीतिमा होमिने योजना बनाएको बताउँछिन्। परिवर्तनका लागि राजनीतिमा जानुपर्छ सोचेर उनी राजनीतिमा प्रवेश गरेकी थिइन्।
नर्सिङ पेसामा आबद्ध निशा पेसाभित्र नै बेथिति र श्रम शोषणबाट आजित थिइन्। कम पारिश्रमिककै कारण उनलाई नर्सिङ पेसा सुधार गर्नुपर्छ भन्ने सोचसहित राजनीतिमा होमिएकी थिइन्। २०७९ सालदेखि नै रास्वपासँग जोडिएकी निशा परिवर्तन र सुधारको अपेक्षासहित राजनीतिमा आएको बताउँछिन्।
‘परिवर्तन गर्ने चाहनासहित आएकाले रास्वपा स्थापना भएको समयदेखि नै जोडिएको हुँ, आफ्नो क्षमता र दक्षता अनुसार काम गर्ने छु', उनले भनिन्।
नर्सिङ पेसा, मधेशका महिलाको अवस्था सुधार र दाइजो प्रथाविरुद्ध बोल्ने उनको एजेन्डा छ।
Shares

प्रतिक्रिया