कारोबार


लकडाउनपछि चार्टर्ड उडानमा नेपालबाट बाहिरिए ५ हजार विदेशी

लकडाउनपछि चार्टर्ड उडानमा नेपालबाट बाहिरिए ५ हजार विदेशी

नेपालखबर
जेठ १, २०७७ बिहिबार ८:४६,

कोरोना भाइरसको विश्वव्यापी संक्रमणपछि अन्तर्राष्ट्रिय हवाइ उडान बन्दका बाबजुद नेपालबाट ५ हजार विदेशी स्वदेश फर्किएका छन्।

सम्बन्धित देशका दूतावासको पहलमा चार्टर्ड उडानबाट उक्त संख्यामा विदेशी फर्किएका हुन्। चार्टर्ड उडानबाट आफ्ना नागरिक उद्धार गरी लैजान सकिने सरकारको निर्णयअनुसार विदेशी फर्किएका हुन्।

नेपाल घुम्न तथा विशेष कामले आएका पर्यटक ०७६ चैत ११ गतेको लकडाउनपछि आफ्नो देश फर्किन पाएका थिएनन्। चैत ११ देखि वैशाख ३० सम्म ५३ यस्ता उडान भएका थिए। जसमा ३५ उडान यात्रु बोकेर र १८ उडान स्वास्थ्य सामग्री बोक्ने कार्गोसँग सम्बन्धित थिए।

नेपालमा रहेका विदेशीमध्ये सबैभन्दा बढी युरोपियन नागरिक फिर्ता भएका हुन्। अध्यागमन विभागको तथ्यांकअनुसार स्वदेश फर्किनेमा सबैभन्दा बढी बेलायती छन्। बेलायतको टाइटन एयरले ३ वटा चार्टर्ड उडान गरी ६ सय ६६ जनालाई स्वदेश लगेको हो।

त्यसपछि दोस्रोमा जर्मन छन्। ६ सय ५६ जना जर्मन नागरिक कतार एयरवेजमार्फत फर्किएका थिए। कतार एयरवेजले ११ चार्टर्ड उडान गर्दा अमेरिकाका ५ सय ३५, फ्रान्सका ४ सय २५, क्यानडाका ३ सय २२ नागरिक फर्किएका छन्।

त्यस्तै, २ सय ३६ अष्टे«लियन नागरिकको लागि नेपाल एयरलाइन्सको जहाज चार्टर्ड उडान गरिएको थियो। नेपाल एयरलाइन्सले दुईवटा जहाज चार्टर्ड उडानबाटै अष्ट्रेलिया गएका थिए।

त्यस्तै बढी फर्किनेमा नेदरल्याण्ड १ सय ७६, दक्षिण कोरिया १ सय ६३, जापान १ सय ६२, स्पेन १ सय ३४, स्विट्जरल्याण्ड १ सय १४, इटाली १ सय १३, रुस १ सय ४, पोलेण्ड ९२, अष्ट्रिया ८४ स्विडेन ७४, बेल्जियम ६५ यात्रु रहेको विभागको तथ्यांक छ। यसैगरी सार्क मुलुक भारत, पाकिस्तान, श्रीलका, बंगलादेश, भुटानले समेत चार्टर्ड उडान गरी आफ्ना नागरिक लगेका छन्।

कुन जहाजले कति उडान भरे ?
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार अन्तर्राष्ट्रिय उडानमा कतार एयरवेज र नेपाल एयरलाइन्सले त्रिभुवन विमानस्थलमा ११÷११ उडान गरेका छन्। त्यसबाहेक टाइटन ३, इत्तिहाद २, एयर अरेबिया २, कोरियन, चेक, मालिन्डो, मलेसियन, ड्रुक एयर, रोयल फ्लाई एयरलाइन्स रुस, श्रीलंका एयर, थाई लाइन, एयर चाइना, चाइना साउदर्न र पाकिस्तान एयरलाइन्सले १÷१ अन्तर्राष्ट्रिय उडान गरेको प्राधिकरणको तथ्यांक छ।

हिमालय एयरलाइन्सले ग्वान्झाउ, खान्सा, चिङक्विङ, कुनमिङ गरी ७ भर्दा लकडाउनको अवधिमा बुद्ध एयरले ३ वटा उडान बंगलादेशमा गरेको छ भने श्री एयरलायन्सले २ वटा उडान सुडान र सिंगापुरमा चार्टर्ड उडान गरेका छन्। सबैगरी १८ कार्गो उडानमा मध्ये १३ चीन, २ युएई, सिंगापुर, दुवई र कतारमा १÷१ वटा भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .