कारोबार


एनआईसी एसिया बैंक र स्तुपा कम्युनिटी हस्पिटलबीच सम्झौता

एनआईसी एसिया बैंक र स्तुपा कम्युनिटी हस्पिटलबीच सम्झौता

नेपालखबर
चैत १०, २०८२ मंगलबार १८:१८, काठमाडौँ

एनआईसी एसिया बैंक र स्तुपा स्वास्थ्य सेवा सहकारी संस्था (स्तुपा कम्युनिटी हस्पिटल) बीच बैंकका ग्राहक तथा स्तुपा स्वास्थ्य सेवाका सेयर होल्डरहरुलाई विभिन्न सेवा प्रदान गर्ने विषयमा समझदारी भएको छ। 

उक्त समझदारी पत्रमा बैंकको तर्फबाट सर्कल हेड–काठमाडौं नर्थ सुदिन कुमार लामा र हस्पिटलका तर्फबाट निर्देशक डा. पेम्बा लामाज्यूले हस्ताक्षर गरेका छन्।

यस समझदारीसँगै बैंकका ग्राहकहरुले उक्त हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवाहरुमा १५ प्रतिशत छुट सुविधा उपयोग गर्न सक्नेछन् भने स्तुपा स्वास्थ्य सेवा सहकारी संस्थाका बोर्ड सदस्य, निर्देशक, कर्मचारी तथा अन्य शेयर होल्डरहरुले यस बैंकको क्रेडिट कार्डमा उपलब्ध सेवाहरु प्राप्त गर्नेछन्। 

साथै, ग्राहकहरुको थप सेवा सुविधाको लागि स्तुपा कम्युनिटी हस्पिटल परिसरमा यस बैंकको एटीएम सेवा सञ्चालन गर्ने समझदारीपत्रमा उल्लेख छ। 

ग्राहकहरूलाई परिष्कृत र सुलभ बैंकिङ्ग सेवा प्रदान गर्ने निरन्तरताको प्रयासस्वरूप बैंकले स्तुपा स्वास्थ्य सेवा सहकारी संस्थासँग गरेको यो सहकार्यबाट बैंकका ग्राहक तथा स्तुपा स्वास्थ्य सेवा सहकारी संस्थामा आबद्ध कर्मचारी तथा शेयर होल्डर महानुभावहरुलाई सेवा सुविधामा थप सहज र सुलभ हुने बैंकले विश्वास लिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad