बागमती प्रदेश अन्तर्गतको यातायात पूर्वाधान निर्देशनालय पूर्वाधार विकास कार्यालय सिन्धुपाल्चोकले पूर्वराज्यमन्त्रीसमेत रहेका कांग्रेस नेता पूर्णबहादुर तामाङ (कान्छाराम) को कम्पनीसँगको ठेक्का सम्झौता तोड्ने तयारी अगाडि बढाएको छ।
कार्यालयले आज सूचना जारी गर्दै तामाङको कान्छाराम कन्स्ट्रक्सनसँगैको सम्झौता किन नतोड्ने भन्दै जबाफ माग गरेको हो।
उनको कम्पनीले विभिन्न सडक निर्माण कार्य अलपत्र पारेपछि कार्यालयले ठेक्का तोड्ने चेतावनी दिँदै जबाफ माग गरेको हो।
बारम्बार ताकेता गर्दा पनि सम्झौताको शर्त बमोजिमका काम नगरी ठेक्का अलपत्र पारेको, ठेक्काको म्याद पटक-पटक थप भए पनि काम नगरेको कारण सार्वजनिक खरिद ऐन बमोजिम यस्तो चेतावनी दिएको हो।
ठेक्का तोड्नु नपर्ने कुनै मनासिव कारण भएमा सात दिनभित्र विश्वसनीय स्पष्टीकरणसहित स्वयं उपस्थित हुन पनि कार्यालयले अनुरोध गरेको छ।
चित्तबुझ्दो स्पष्टीकरण नआएको खण्डमा कम्पनीलाई कालो सूचीमा राखेर धरौटी रकमसमेत जफत गर्ने चेतावनीसमेत कार्यालयले दिएको छ।
हेर्नुहोस् सूचना

Shares

प्रतिक्रिया