आज सुनचाँदीकै मूल्य घटेको छ।
बुधबार तोलामा दुई हजार रुपैयाँ बढेको सुनको मूल्य आज दुई हजार रुपैयाँ नै घटेको हो।
मूल्य घटेर सुनको भाउ आज तोलाको तीन लाख १७ हजार रुपैयाँमा झरेको छ। हिजो सुनको भाउ तोलाको तीन लाख १९ हजार पुगेको थियो।
गएको मंगलबार पनि सुनको भाउ तोलामा ३८ सय बढेको थियो।
गएको माघ १५ गते एकैदिन तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर सुनको भाउ तीन लाख ३९ हजार तीनसय रुपैयाँ कायम भएको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।
आज चाँदीको मूल्य पनि घटेको छ। तोलामा २०५ रुपैयाँ घटेर चाँदीको भाउ आज पाँच हजार ५१५ काय भएको छ। मंगलबार चाँदीको भाउ तोलामा ३१० रुपैयाँ बढेको थियो। बुधबार भने चाँदीकाे मूल्य स्थिर थियो।
गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो।
माघ १५ गते भने चाँदीको भाउ सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै उच्च हो।
Shares

प्रतिक्रिया