ad ad

कारोबार


आईएमई पे र मिस वर्ल्ड नेपाल अनुष्का श्रेष्ठबीच कोरोनाविरुद्धको अभियानमा सहकार्य

आईएमई पे र मिस वर्ल्ड नेपाल अनुष्का श्रेष्ठबीच कोरोनाविरुद्धको अभियानमा सहकार्य

नेपालखबर
बैशाख ३०, २०७७ मंगलबार ७:०,

आईएमई पे र मिस वर्ल्ड नेपाल अनुष्का श्रेष्ठबीच कोरोनाविरुद्धको अभियानमा सहकार्य हुने भएको छ। देशका युवाहरुलाई शिक्षित बनाउने र जागृत गराउने यसको उद्देश्य रहेको आईएमई पेले जनाएको छ।

आउँदो ३ हप्तासम्म अनुष्का श्रेष्ठले समकालीन नेपाली आर्थिक, शैक्षिक, प्रशासनिक र अन्यका बारेमा विभिन्न विज्ञ व्यक्तित्वहरुका साथ संवाद गर्नेछिन्।

जारी विज्ञप्तिमा भनिएको छ, ‘अनुष्का श्रेष्ठलाई उनको पहलका बारेमा कुरा गर्न आफ्नै सामाजिक सञ्जालमा अग्रसर गरेको छ, देशको युवा हुनुको नाताले हरेक व्यक्ति आफ्नो राष्ट्र र आफ्नो वरपर प्रति भिन्नगर्ने चाहना राख्दछन् तर सबैभन्दा पहिले सबैजनाले समस्यालाई गहनतापूर्वक अध्ययन गर्न र यसको वर्तमान अवस्थालाई बुझ्नु जरुरी हुन्छ।’

युवाहरुलाई पुनःजोड्ने प्रयासमा आगामी ३ सातासम्म उनले नेपाललाई आज राम्ररी बुझेका विभिन्न विज्ञ व्यक्तित्वहरुसँग सम्वादलाई अघि बढाउनेछिन्।

यस शोको शीर्षक #Reconnecting रहनेछ, जुन अनुष्का श्रेष्ठको फेसबुक पेज र युट्युब च्यानलका साथै आईएमई पेको फेसबुक पेजमा प्रत्यक्ष (लाइभ) प्रसारण हुनेछ। साथै उनले नेपाल राइजिङ्ग संस्थाको सहयोगार्थ कोभिड–१९ सहायताकोषको लागि सहयोग संकलन गरिरहेकी छिन्।

राइजिङ्ग नेपाल संस्थाद्वारा काठमाडौंभित्रका विभिन्न स्थानमा असहाय तथा विपन्न वर्गको लागि दैनिक जीवनयापनको लागि आवश्यक वस्तुहरु वितरण गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .