कारोबार


काठमाडौंबाट सुर्खेत गएको श्री एयरलाइन्सको जहाजको टायर पड्कियो, सुरक्षित अवतरण

काठमाडौंबाट सुर्खेत गएको श्री एयरलाइन्सको जहाजको टायर पड्कियो, सुरक्षित अवतरण

नेपालखबर
फागुन २०, २०८२ बुधबार १७:४१, काठमाडौँ

काठमाडौंबाट सुर्खेत उडेको श्री एयरलाइन्सको जहाजको टायर पन्चर भएको छ। 

सुर्खेत विमानस्थलमा अवतरणका क्रममा टायर पन्चर भएको श्री एयरलाइन्सका प्रवक्ता अनिल मानन्धरले नेपालखबरलाई जानकारी दिए। 

दिउँसो ३ः५० बजे नियमित उडान नम्बर एसएचए १२३ ९एन–एओएल कलसाइनको जहाजको टायर पन्चर भएको हो। जहाजको पछाडिको बायाँतर्फको बाहिरपट्टिको टायर पड्किएको कम्पनीले जनाएको छ। 

यसका बाबजुद विमान सुरक्षित रुपमा अवतरण भइसकेको कम्पनीको भनाइ छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad