कारोबार


खाद्यान्न र फलफूल बिक्री गर्ने फर्ममाथि विभागको अनुगमन

खाद्यान्न र फलफूल बिक्री गर्ने फर्ममाथि विभागको अनुगमन

फाइल तस्बिर


नेपालखबर
फागुन १२, २०८२ मंगलबार ६:४८, काठमाडौँ

निर्वाचनका समयमा बजारमा हुने गैर कानुनी क्रियाकलाप रोक्न र उपभोक्ताको अधिकारको संरक्षण गर्ने उद्देश्यका साथ वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एकै दिन २६ वटा फर्ममा अनुगमन गरेको छ।

विशेष गरी खाद्यान्न तथा फलफूल व्यवसाय गर्ने फर्ममाथि अनुगमन गर्दै विभागले कानुनको पूर्ण परिपालना गर्न आग्रह गरेको छ। 

निर्वाचनको बहानामा खाद्यपदार्थ लुकाउने, कालोबजारी गर्ने, तोकिएकोभन्दा बढी मूल्य लिनेजस्ता समस्या देखिएको भन्दै गुनासो आएपछि विभागले थप सक्रिय भएको छ।

विभागले सोमबार एकै पटक कुलेश्वर क्षेत्रमा अनुगमन गरेको हो । अनुगमनका क्रममा कैफियत भेटिएपछि रमेश फ्रुट टे«डर्सलाई व्यवसायसँग सम्बन्धित कागजात लिई तीन दिनभित्र विभागमा उपस्थित हुन भनिएको छ। 

अन्य २५ वटा फर्मलाई भने सुधारात्मक निर्देशन दिइएको विभागले जनाएको छ। स्थानीय जनप्रतिनिधि, उपभोक्ता अधिकारकर्मी तथा सरोकारवालाको उपस्थितिमा विभागले अनुगमन गर्दै आएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad