कारोबार


१ महिनामा साढे ७ लाख यात्रुले गरे त्रिभुवन विमानस्थलमा आवतजावत

१ महिनामा साढे ७ लाख यात्रुले गरे त्रिभुवन विमानस्थलमा आवतजावत

नेपालखबर
फागुन ७, २०८२ बिहिबार १४:१५, काठमाडौँ

अंग्रेजी नयाँ वर्षको पहिलो महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा साढे ७ लाख यात्रुले आवागमन गरेका छन्। 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार जनवरीमा ७ लाख ४८ हजार ७ सय ९६ यात्रु मुभमेन्ट देखिएको हो। 

जसअनुसार आन्तरिक उडानबाट प्रस्थान गरेका यात्रु संख्या १ लाख ६२ हजार २ सय ३१ छ भने १ लाख ५६ हजार ३ सय १७ जनाको आगमन भएको छ। अन्तर्राष्ट्रिय उडानबाट प्रस्थान गरेका यात्रु संख्या २ लाख १० हजार ८ सय ८७ र आगमन संख्या २ लाख १९ हजार ३ सय ६१ छ। 

कार्यालयका अनुसार यो एक महिनामा आन्तरिकतर्फ ३ हजार ४ सय ३ पटक जहाज प्रस्थान र ३ हजार ४ सय ६ पटक आगमन भएको छ। त्यसैगरी अन्तर्राष्ट्रियतर्फ १ हजार ४ सय ७५ पटक जहाज प्रस्थान र १ हजार ४ सय ७४ पटक आगमन भएको छ। जनवरीमा कुल ९ हजार ७ सय ५८ पटक विमान मुभमेन्ट भएको कार्यालयको तथ्यांक छ। 

कार्गोतर्फ डोमेस्टिक डिपार्चर २१८ टन, अराइभल ७४ टन छ भने इन्टरनेशनल डिपार्चरतर्फ १ हजार ५ सय ८६ टन र अराइभल ९ सय ८४ टन भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad