कारोबार


धनगढीमा अवतरण हुन नसक्दा श्री एयरलाइन्सको जहाज मध्यराति काठमाडौँ फिर्ता

धनगढीमा अवतरण हुन नसक्दा श्री एयरलाइन्सको जहाज मध्यराति काठमाडौँ फिर्ता

नेपालखबर
फागुन ५, २०८२ मंगलबार ६:१३, काठमाडौँ

सोमबार राति काठमाडौँबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज अवतरण हुन नसकेपछि मध्यराति काठमाडौँ फिर्ता भएको छ।

गन्तव्यमा अवतरण हुन नसकेपछि जहाज काठमाडौँ फर्कदा यात्रु अलपत्र परेका छन्।

सो जहाजमा रहेका सञ्चारकर्मी रोयल आचार्यले जहाज अवतरण हुन नसकी काठमाडौँ फर्कदा विमानस्थलमा केही बेर यात्रुले असन्तुष्टि जनाएको बताए।

एयरलाइन्सका कर्मचारी सागर पौडेलले टिकट फिर्ता गर्न चाहने यात्रुको पैसा फिर्ता गर्ने र जान चाहने यात्रुलाई मंगलबार बिहानको उडानमा धनगढी पठाइने जानकारी दिए।

उक्त जहाज धनगढीका लागि काठमाडौँबाट ९ः४५ बजे उडेको थियो।

धनगढी विमानस्थल अवतरणका लागि पटकपटक प्रयास गर्दासमेत सम्भव नभएपछि राति १२ः०० बजे जहाज काठमाडौँ फिर्ता भएको थियो।

उडानमा चालक दलका सदस्यसहित ८० यात्रु थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad