कारोबार


कृषि विकास बैंकले माग्यो २४२ जना कर्मचारी (सूचनासहित)

कृषि विकास बैंकले माग्यो २४२ जना कर्मचारी (सूचनासहित)

फाइल तस्बिर


नेपालखबर
फागुन १, २०८२ शुक्रबार ९:३८, काठमाडौँ

कृषि विकास बैंकले आठौँ तहको शाखा प्रमुखदेखि चौथो तहको लेखा सहायकसम्मका पदको लागि २४२ जना कर्मचारी माग गरेको छ। 

बैंकले आज सूचना जारी गर्दै स्थायी स्विकृत तरबन्दीका रिक्त पदका लागि खुला प्रतियोगिताद्वा पदपूर्ति गर्न लागिएको जनाएको छ। 

आठौँ तहको शाखा प्रमुख १ जना, प्रशासन तर्फ छैटौँ तहको व्यवसाय अधिकृत ५२ जना, सीए १० जना, कोसी प्रदेशका लागि लेखापाल २५ जना, मधेसका लागि लेखापाल ४४ जना, बागमतीका लागि लेखापाल ३० जना, गण्डकीका लागि लेखापाल २० जना, लुम्बिनीका लागि लेखापाल ३५ जना, कर्णालीका लागि लेखापाल १५ जना, सुदूरपश्चिमका लागि लेखापाल १० जनाको लागि बैंकले दरखास्त आह्वान गरेको हो। 

यी पदमा समावेशी प्रणालीका आधारमा कर्मचारी छनोट गरिने सूचनामा उल्लेख छ। 

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आजदेखि नै अनलाइनमार्फत दरखास्त दिन सक्नेछन्। 

हेर्नुहोस् सूचना 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad